२ कार्तिक २०८३, सोमबार

चिनियाँ राजदूत होउ यान्छीले भेटिन् नेकपा अध्यक्ष प्रचण्डलाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् ।

प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा अध्यक्ष प्रचण्डलाइृ भेटेकी हुन् ।

यसअघि मंसिर २ गते साँझ उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै गएर भेटेकी थिइन् ।

यसैबीच चिनियाँ रक्षामन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् ।