
धरान, ८ मंसिर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानमा उपचाररत सुनसरीका ६७ वर्षीय पुरुष र इलामका २५ वर्षीय युवकको मृत्यु भएको हो ।
कात्तिक २६ गते कोरोना देखिएका सुनसरीको बिराट चोकका पुरुष मंसिर १ गते अस्पताल भर्नाका भएका थिए । उपचारकै क्रममा आज सोमबार बिहान उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै इलामका २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उनमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना गरिएको थियो ।















प्रतिक्रिया