२ कार्तिक २०८३, सोमबार

अमेरिकामा एकैदिन थपिए १ लाख ९१ हजार कोरोना संक्रमित, १८५३ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, ८ मंसिर । कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावमा परेको अमेरिकामा एकैदिन १ लाख ९१ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८९ हजार १२ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचीमा पहिलो स्थानमा छ ।

तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ५२ हजार ४६० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८५३ जना संक्रमितको मृत्यु भएको छ ।