२ कार्तिक २०८३, सोमबार

नेकपा कार्यकर्ता चौधरी हत्या आरोपी पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । पर्सा प्रहरीले नेकपाका कार्यकर्ता मुकेश चौधरीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला कमिटी सदस्य मुकेश चौरसिया हत्या सम्बन्धमा वीरगञ्जकी गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनात्मक सिफारिस समेत गरेपछि प्रहरीले आरोपीहरुको खोजी कार्य गरेको थियो ।

पर्साको बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कात्तिक ६ गते नेकपाको गाउँ पालिका कमिटीको शपथ ग्रहण कार्यक्रम चलिरहेकै बेला नेकपाभित्रकै अर्को पक्षले आफूहरुलाई कार्यक्रममा नबोलाइएको भन्दै विवाद सुरु गरेको थियो ।

विवाद बढ्दै जाँदा भएको झडपमा परी दर्जनबढी घाईते भएका थिए । ती घाइतेमध्ये चौरसियाको सोही दिन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसादलाई पक्राउ गरेको हो ।