२ कार्तिक २०८३, सोमबार

आज १४ अर्बभन्दा बढीको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ९१ दिने अवधि र १२ अर्ब ४७ करोड रुपैयाँ १८२ दिनका लागि र ११ करोड भने ३६४ दिनका लागि विक्री गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।