बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

दैनिक नेपाल २०७७ मंसिर ८ गते ७:५९

काठमाडौं, ८ मंसिर । आज देशभरको मौसम बदली भई उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ भने पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ । चिसोका कारण लागेको सो कुहिरो घाम लाग्दै गएपछि हट्दै जाने छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । काठमाडौंमा पनि आज दिउँसो पारिलो घाम लाग्ने सम्भावना छैन ।

कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

सोमबार राति पनि देशका धेरैजसो पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यो प्रकृतिको मौसम भोलि दिउँसोसम्म जारी रहने छ ।

भोलि सोमबार बेलुकादेखि पश्चिमी वायुको प्रभाव अलि बढी पर्ने हुनाले कतै कतै सामान्य खालको पानी पर्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अरु ठाउँमा पनि मौसम त्यति नखुल्ने सम्भावना विभागले औंल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित