बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनामुक्त भएपछि बाबुराम भट्टराईले भने, ‘यो युद्धविराम हो, विजय होइन’

महाव्याधीलाई एक्लाएक्लै सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ

दैनिक नेपाल २०७७ मंसिर ७ गते २१:५०

काठमाडौँ, ७ मंसिर । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एक महिनापछि कारोना संक्रमणमुक्त भएका छन् ।

साथै उनकी पत्नी एवं जनता समाजवादी पार्टीकै नेतृ हिसिला यमी पनि कोरोनामुक्त भएकी छिन् । नेता भट्टराईले आइतबार ट्विटरमार्फत आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

डा. भट्टराईले कोरोना भाइरसको महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताए ।

‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हैन । यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’

प्रतिक्रिया
सम्बन्धित