२ कार्तिक २०८३, सोमबार

काठमाडौं, भक्तपुर र धनुषाका सीडीओको सरुवा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा भएको छ ।

काठमाडौंका सीडीओ जनकराज दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेर काली पराजुलीलाई काठमाडौं जिल्ला प्रशासनको जिम्मेवारीमा पठाइएको छ ।

यस्तै भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेम भट्टराईलाई सरुवा गरिएको छ । भक्तपुरकी सिडीओ हुमकला पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी गृह मन्त्रालयले धनुषाको प्रमुख जिल्ला अधिकारीमा डडेलधुराका सीडीओ बन्धु बाँस्तोलालाई पठाएको छ भने भक्तपुरमा सरुवा गरिएका सीडीओ भट्टराई धनुषामा कार्यरत थिए ।