बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

र्याली अफ होपको तेस्रो श्रृंखला सम्पन्न

दैनिक नेपाल २०७७ मंसिर ७ गते १९:३८

काठमाडौं, ७ मंसिर । संयुक्त राष्ट्रसंघको महापरामर्शदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रवद्र्धनमा आयोजित तेस्रो श्रृंखला आइतबार सम्पन्न भएको छ ।

सबै राष्ट्रहरूबीचमा शान्तिको मार्गचित्र कोर्न आयोजित र्याली होप कार्यक्रममा विभिन्न देशका २७० प्रशारण स्टेशनहरू र टीभी च्यानलहरूका साथमा १९४ मुलुकका २० करोड भन्दा बढी व्यक्तिहरूले अनलाइन सहभागिता जनाएका थिए ।

‘शान्तिपूर्ण एकीकृत संसार स्थापनाका लागि आशाको र्याली : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता’ शीर्षकमा र्याली आयोजना गरिएको थियो । विश्वभरबाट दृश्यावलोकन गरिएको अनलाइन र्यालीमा विश्वनेताहरूले सम्बोधन पनि गरेका थिए ।

सम्मेलनका वक्ताहरूले संसारले भोग्नु परेको अकल्पनीय महामारी र चुनौतीहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपिल गरका छन् । बक्ताहरूले कोभिड–१९ का कारण छाएको सुस्तता र निस्कृयताको बीचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए ।

सन् १९५० मा कोरियाली युद्ध शुरूवात भएको ७०औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको र्याली अफ होपको तेस्रो संस्करण सम्पन्न गरिएको हो । यसअघि अगस्ट र सेप्टेम्बर महिनामा आयोजित र्यालीहरूले कोरियाली प्रायद्वीपको पूनर्मिलनका लागि आह्वान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित