शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालमा कियाको सब–कम्प्याक्ट एसयूभी सोनेटको विक्री शुरू

दैनिक नेपाल २०७७ मंसिर ७ गते १९:१३

काठमाडौं, ७ मंसिर । दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयूभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो एसयूभी नेपाल भित्र्याएको हो । कम्पनीले केही समयअघि सोनेटको प्रि–बुकिङ समेत खुला गरेको थियो । सब–कम्प्याक्ट एसयूभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले बताएको छ ।

सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयूभी हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो ।

पछिल्लोपटक नेपाल भित्रिएको सोनेट भारतमा अत्यधिक रुचाइएको पेसेन्जर भेइकलमा पर्छ । गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९ हजार २६६ युनिट विक्री भएको थियो, जुन यो सेग्मेन्टका स्थापित सवारी साधनहरूको भन्दा बढी विक्री भएको कम्पनीले बताएको छ ।

नवप्रवेशी सोनेट र सेल्टोसको लोकप्रियताकै कारण भारतीय बजारमा गत सेप्टेम्बरमा कियाका गाडीहरूको विक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४७ प्रतिशतले बढेको दाबी गरिएको छ ।

कम्पनीले यसपटक सोनेटका तीन वटा अप्सन एचटीई, एचटीके प्लस एटी र एचटीएक्स नेपाली बजारमा पेस गरेको छ ।

त्यसैगरी, कम्पनीले ५७ लाख ९० हजार मूल्यको फुल अस्पन जीटीएक्स प्लस पनि नेपाली बजारमा प्रस्तुत गरेको छ । यसमा ६ वटा एयरब्याग र इएससी/भीएसडब्ल्यू/एचएसी, हाइलाइन टीपीएमएस, बीओएसई प्रिमियम ७ स्पिकर सिस्टम, १० दशमलव २५ एचडी टचस्क्रिन, कुलिङसहितको वायरलेस फोन चार्जर, आवाज पहिचान गर्ने ‘हेल्लो किया’, पूर्ण लेदरको सीट तथा डोर प्यानल (कालो) र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट छन् ।

त्यसैगरी, भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्याप सहितको आर१६ क्रिस्टल अलो ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन–क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १० दशमलव ६७ सेमी कलर इन्स्ट्रूमेन्ट क्लस्टर, अटो एन्टिग्लेर रियर भ्यू मिरर, स्मार्टवाच कनेक्टिभिटी र जिटीलाइन रेड प्याकेज जस्ता विशेषता यसमा छन् ।

समग्र उचाइ ५ फिट ४ इन्च रहेको सोनेटको समग्र लम्बाइ १३ फिट १ इन्च छ । त्यसैगरी, चौडाइ ५ फिट ८ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको कम्पनीले जनाएको छ ।

यसको ग्राउन्ड क्लियरेन्स ७ इन्च र बुट स्पेस ३९२ लिटरको छ ।

प्रतिक्रिया
सम्बन्धित