शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

७३ जिल्लामा पुग्यो ग्लोबल आईएमई बैंक, मुस्ताङको घरपझोङमा खुल्यो नयाँ शाखा

दैनिक नेपाल २०७७ मंसिर ७ गते १८:५१

काठमाडौं, ७ मंसिर । ग्लोबल आईएमई बैंकले देशका ७७ वटामध्ये ७३ वटा जिल्लामा आफ्नो शाखा स्थापना गरेको छ ।

आइतबार मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै ग्लोबल आईएमई बैंकको शाखा सञ्जाल ७३ वटा जिल्लामा विस्तार भएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ । छ ।

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ वटा शाखा सञ्जालसहित २३८ वटा एटीएम, ४५ वटा एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउण्टर, २३१ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित