बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भीम रावल भन्छन्– पार्टी फुट्दैन, तर सरकार परिवर्तन हुन सक्छ

दैनिक नेपाल २०७७ मंसिर ७ गते १८:२१

कैलाली, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री भीम रावलले नेकपा नफुट्ने तर सरकार परिवर्तन हुनसक्ने बताएका छन् ।

कैलालीका पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले विभिन्न शक्ति लागेर पार्टी फुटाउने प्रयत्न भइरहेको भए पनि त्यो सफल हुननसक्ने दाबी गर्दै उनले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारेका छन् ।

सरकार परिवर्तन हुनसक्ने बताएका रावलले सरकार परिवर्तनको आधार र अवस्था भने खुलाएका छैनन् ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै जना पार्टी फुटाउने योजनामा हुनुहुन्न’, सुदूरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका रावलले भने, ‘पार्टी कुनै माटोको हाँडी होइन, कुनै व्यक्तिले लट्ठीले हानेर फुटीहाल्ने ।’

यद्यपि, पार्टी विधि, पद्धति र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाइ छ । उनले पार्टी अध्यक्षहरुलाई विधि र प्रणाली अनुसार चल्न पनि आग्रह गरेका छन् ।

उनले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित