२ कार्तिक २०८३, सोमबार

उत्कृष्ट करदाताको नाम सार्वजनिक, यस्ता छन् सर्वाधिक कर तिर्ने १५ करदाता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । आन्तरिक राजस्व विभागले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ ।

हरेक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट १५ करदातालाई सम्मान गर्दै आएको विभागले यो वर्ष पनि विभिन्न विधाका उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको हो ।

विभागका अनुसार व्यक्तिगत रूपमा सबैभन्दा धेरै आयकर तिर्ने विजयबहादुर शाह सम्मानित हुने भएका छन् । शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरी कम्पनी छन् ।

यस्तै सबैभन्दा धेरै ५ अर्ब ३१ करोड आयकर तिरेको सूर्य नेपाल पनि सम्मानित हुने भएको छ । रेमिट्यान्सतर्फ आईएमई, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड र निर्याततर्फ डाबर नेपाल पनि सम्मानित हुने भएका छन् ।

यस्तै जलविद्युतमा हिमाल पावर कम्पनी, कृषि तथा पशुपंक्षी उद्योगमा अन्नपूर्ण एग्रोभेट, सहकारीतर्फ छिमेकी लघुवित्त, बैंकतर्फ नबिल बैंक, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, शिक्षण सेवातर्फ मणिपाल मेडिकल कजेल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी सम्मानित हुने भएका छन् ।

यस्तै मध्यमस्तरीय करदातातर्फ कामना सेवा बैंक, भ्याटतर्फ घोराही सिमेन्ट र भीएस सर्भिसेस प्रालि पनि उत्कृष्ट १५ करदातामा पर्दै सम्मानित हुने भएका छन् । उत्कृष्ट १५ करदातालाई कोरोना महामारी कम भएपछि सम्मान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।