२ कार्तिक २०८३, सोमबार

कोभिड–१९ को संक्रमणबाट १३ लाख ८५ हजार भन्दा बढीले गुमाए ज्यान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । पछिल्लो तथ्याङ्कअनुसार विश्वभर हालसम्म १३ लाख ८५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वमा ५ करोड ८४ लाख ६८ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये १३ लाख ८५ हजार ७१७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै संक्रमितमध्ये विश्वभरमा ४ करोड ४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा ४ करोड ४ लाख ५२ हजार ४६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हाल विश्वमा १ करोड ६६ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।