
सिन्धुली, ७ मंसिर । अब सिन्धुलीमै पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण हुने भएको छ ।
बाग्मती प्रदेश सरकारको करिब १ करोड २५ लाख रुपैयाँ र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुलीमै कोरोना भाइरसको परीक्षण हुने भएको हो ।
कमलामाइ नगरपालिका–६ शिवनगरमा पीसीआर मेशिन जडान गरि पीसीआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित ३ जनाको प्राविधिक टोलीले पीसीआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए ।
प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिएका छन् ।
यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौडा, धुलिखेल वा काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । जिल्लामै पीसीआर मेशिन भएपछि अब पीसीआर परीक्षणका लागि स्वाव संकलन गरि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ ।















प्रतिक्रिया