१० कार्तिक २०८३, मंगलबार

कुर्सीबाट लडेर घाइते दाङ कांग्रेसका नेता भण्डारीको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ७ मंसिर । नेपाली कांग्रेस दाङका नेता रेशमबहादुर भण्डारीको निधन भएको छ ।

७२ वर्षीय भण्डारी शनिबार अपरान्ह ३ बजेतिर तुलसीपुर बजारस्थित आफ्नै घरमा कुर्सीबाट लडेर घाइते भएका थिए ।

भैरहवामा उपचारका क्रममा शनिबार राति उनको निधन भएको कांग्रेस नेता खिमबहादुर वलीले जानकारी दिए ।

भण्डारी उरहरी गाविसमा लगातार १५ वर्षसम्म प्रधानपञ्च भएका थिए ।