शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

ट्रम्पले नतिजा उल्ट्याउन आफ्नो पार्टीलाई दवाव दिए

दैनिक नेपाल २०७७ मंसिर ७ गते ७:४९

न्युयाेर्क, ७ मंसिर । चुनावमा पराजित भएर पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीलाई नतिजा उल्ट्याउनका लागि सबै प्रयास गर्न बाध्य पारेका छन् ।

प्रमाणबिना ट्रम्पले चुनावमा धाँधलीको आरोप लगाउँदै आफूबाट नतिजा खोसिएको बताउँदै आएका छन् ।

उनले अदालतमा दायर गरेका मुद्दाहरू लगातार खारेज भइरहेका बेला बाइडेनले जितेको मिसिगन राज्यका रिपब्लिकन अधिकारीहरूले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने समय पछि धकेल्न आग्रह गरेका छन् ।

मिसिगनका अधिकारीहरूले राज्यको इलेक्टोरल बोर्डलाई पत्र लेखेर मतलाई औपचारिकता प्रदान गर्ने समय दुई हप्तापछि सार्न आग्रह गरेका हुन् ।

उनीहरूले राज्यको सबैभन्दा ठूलो काउन्टी डिट्रोइटमा पुनः मतगणना गर्नु पर्ने माग गरेका छन् । ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै आफूले जितेको दाबी गर्दै आएका छन् ।

राज्यका रिपब्लिकनहरूले उनकै प्रमाण बिहीन आरोपको पछि लागेर मत परिणामलाई औपचारिकता प्रदान गर्ने समय पछि सार्न भनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित