शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

२६ वर्षीय युवाद्वारा ५ वर्षीया बालिका बलात्कृत

दैनिक नेपाल २०७७ मंसिर ६ गते १८:१९

पर्सा, ६ मंसिर । २६ वर्षका एक युवाले ५ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

बलात्कार गरेको आरोपमा बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित