शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

व्यापार संघ कपिलवस्तुमा निर्वाचनको चहलपहल शुरू

दैनिक नेपाल २०७७ मंसिर ६ गते १८:१०

कपिलवस्तु, ६ मंसिर । व्यापार संघ कपिलवस्तुमा यतिबेला चुनावी माहोल तातेको छ ।

आगामी १२ गते चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको मिति तय भएसँगै पदाधिकारीहरुमा अधिवेशनको चटारो बढेको हो ।

गत कात्तिक २७ गते बसेको संस्थाको विस्तारित बैठकले मंसिर १२ गतेका लागि अधिवेशनको मिति तय गरेको बताइएको छ । व्यापारीहरुको हकहितको लागि काम गर्ने उद्देश्यले २०७२ सालमा व्यापार संघ कपिलवस्तुको स्थापना भएको हो ।

जिल्लाको चन्द्रौटामा मुख्य कार्यालय रहेको संस्थाले तत्कालीन अवस्थामा तदर्थ समिति चयन गरे पनि पछि सोही समितिलाई नै पूर्णता दिइएको थियो । संस्थाको विधान अनुसार समितिको पदावधि सकिएपछि संस्थाको हरेक गतिविधिलाई चुस्तदुरुस्त र पारदर्शी बनाउन समयसीमाभित्रै साधारणसभा र अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष महादेव पोखरेलले बताए ।

अधिवेशनको मिति तयसँगै अबको नेतृत्वका लागि आन्तरिक तयारी थालिएको जनाइएको छ ।

वर्तमान अध्यक्ष महादेव पोख्रेल नेतृत्वको समितिले छोटो समयमा नै संस्थालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेकाले पोखरेल नै पुनः अध्यक्ष बन्नुपर्ने चर्चा पनि चल्न थालेको छ । संस्था स्थापनाको लामो समय भाडामा कार्यालय सञ्चालन गरे पनि पोखरेलको कार्यकालमा संघको आफ्नै भवन निर्माण सम्पन्न भएको र शाखाहरु समेत बिस्तार गरिएको छ ।

पोखरेलको योगदानलाई उच्च मूल्यांकन गर्दै संस्थाका अधिकांश पदाअधिकारीहरु पनि पोखरेललाई नै आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्ष बनाउने आन्तरिक तयारीमा जुटेको बुझिएको छ भने अन्य पदाधिकारीहरुलाई समेत सर्वसम्मत चयन हुने व्यवस्था मिलाउन आन्तरिक छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित