बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दाङ पुगेर बामदेवले भने– म गुटहरुको विपक्षमा छु, पार्टी अब सुदृढ बन्छ

दैनिक नेपाल २०७७ मंसिर ६ गते १७:४८

दाङ, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू पार्टीभित्र मौलाएको गुटहरुको विपक्षमा रहेको बताएका छन् ।

गुटहरु मौलाएकै कारण पार्टीमा अनेक खालका समस्याहरु सृजना भएको भन्दै उनले समस्या समाधानका लागि आफूले निरन्तर पहल गरिरहेको पनि बताएका छन् ।

शनिबार दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा नेता गौतमले पार्टीभित्रका केही आन्तरिक समस्याकै कारण नेकपा नफुट्ने पनि स्पष्ट पारेका छन् ।

अहिले देखिएका कतिपय समस्या पार्टीभित्र मौलाएको गुटहरुका कारण उत्पन्न भएको भन्दै उनले भनेका छन्, ‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने पनि स्पष्ट पारेका छन् ।

उनले पार्टीभित्र फरक विचार राख्दा पार्टीलाई झन चलायमान र सुदृढ बन्ने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित