२ कार्तिक २०८३, सोमबार

युनाइटेड इदी मर्दीको आईपीओमा मागभन्दा ८ गुणा बढी आवेदन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । युनाईटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओमा विक्री खुला भएको तीन दिनमै मागभन्दा ८ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रवार साँझ ५ बजेसम्म ३ लाख ५४ हजार ५८१ जना आवेदकबाट ६६ लाख १२ हजार १६० कित्ताका लागि आवेदन परेको हो ।

बुधवारदेखि कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयरमध्ये ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो ।