शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विचार, विधि र पद्धतिविना पार्टी चल्दैन : अध्यक्ष प्रचण्ड

दैनिक नेपाल २०७७ मंसिर ६ गते १७:१७

काठमाडौं, ६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, विधि र पद्धतिबेगर पार्टी सञ्चालन हुन नसक्ने बताएका छन् ।

आफ्नै पार्टीभित्रका विवादलाई लक्षित गरी उनले शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी सञ्चालनमा मुख्य दुई आधार विचार–राजनीति र विधि–पद्धति भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार–राजनीति र दोस्रो विधि–पद्धति ।’

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका अर्का अध्यक्ष दाहालको यो टिप्पणीलाई नेकपावृत्तभित्र निकै अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

करिब–करिब पार्टी फुट्नेसम्मको अवस्थामा पुगेको चर्चा भइरहेको बेलामा उनको यो टिप्पणीलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित