सोमबार, १५ मंसिर २०७७
DainikNepal.com
सोमबार, १५ मंसिर २०७७

काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ मंसिर ६ गते १६:४८

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा मात्रै ८९९ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट २ हजार ३२३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित