शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख नजिक, २४ घण्टामा २३२३ डिस्चार्ज

दैनिक नेपाल २०७७ मंसिर ६ गते १६:४१

काठमाडौं, ६ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या करिब दुई लाखनजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३२३ जनाले कोरोना संक्रमण जितेसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३३५ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १४४ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै हालसम्म १ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित