शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भोलिदेखि निःशुल्क स्वाब संकलन गर्दै काठमाडौं महानगरपालिका

दैनिक नेपाल २०७७ मंसिर ६ गते १५:०४

काठमाडौं, ६ मंसिर । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम पुनः शुरु गर्ने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई पुनः सूचारु गर्न लागिएको महानगरपालिकाकाले जनाएको छ ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा पुगेका महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको जानकारी दिएका हुन् ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताएका छन् ।

कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित