उनले शुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पुर्याउने योजना रहेको बताए ।
क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो ।
‘हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ,’ प्रवक्ता थापाले भने, ‘ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।’
उनले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताए । सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ ।
‘सवारी जाँचका क्रममा प्रहरीबाटै दर्व्यवहार भएका गुनासा पनि आउँछन्’, उनले भने, ‘अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ ।’
प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ । दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ ।
‘पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारवाही गर्दा गरियो,’ थापाले भने, ‘ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ ।’ रासस