शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पहाडी भेगमा आज हल्का वर्षाको सम्भावना, यस्तो छ सोमबारसम्मको मौसमी अवस्था

दैनिक नेपाल २०७७ मंसिर ६ गते १२:३१

काठमाडौं, ६ मंसिर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

शनिबार जारी मौसम बुलेटिनमा हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ । आज शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

यस्तै प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार शनिबार राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यसैगरी प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राती देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ ।

त्यसैगरी सोमबार देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित