शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

पर्यटनमन्त्री भट्टराईले शनिबार दिउँसो औपचारिक शुभारम्भ गर्दै

दैनिक नेपाल २०७७ मंसिर ६ गते १०:४१

काठमाडौं, ६ मंसिर । तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलि आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

नारायणहिटी दरबारभित्र रहेको उक्त सदन आज शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले औपचारिक रुपमा खुला गर्ने कार्यक्रम छ ।

मन्त्रीले औपचारिक रुपमा खुला भएको जनाउ दिएपछि आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने छन् । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्ने गर्दथे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन हालसम्म बन्द थियो ।

२०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो । आइतबारबाट श्री सदनका साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित