बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जर्जिया राज्यमा पनि बाइडेनले ट्रम्पलाई हराए

दैनिक नेपाल २०७७ मंसिर ६ गते ७:४३

न्युयोर्क, ६मंसिर । रिपब्लिकनको पकड रहेको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ ।

राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्‍याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् ।

जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार ६७० मतले हराएका हुन् । राज्यको कानून अनुसार गरिएको अडिटपछि बाइडेनको जित निश्चित भएको छ ।

राफेनस्परर्गले शुक्रबार राज्यमा आफ्नो पार्टी पराजित हुँदा निराश भएको तर, नम्बरले झुट नबोल्ने बताए ।

बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित