शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यी हुन् दाङको मालपोत कार्यालयका घुस खाने कर्मचारीहरू

दैनिक नेपाल २०७७ मंसिर ६ गते ७:०६

तुलसीपुर, ६ मंसिर । दाङको तुलसीपुरस्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बासहित २ जनालाई अख्तियारको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् ।

सेवाग्राहीसंग जग्गाको मोठ कायम गरिदने भन्दै ३ लाख २० हजार रुपैयाँ बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगंजबाट आएको टोलीले पक्राउ गरेको हो ।

२०२६ सालमा जग्गाको नापी भए पनि मोठ कायम नभएपछि मिलाईदिने भन्दै ४ लाख रुपियाँ सेवा ग्राहीसंग कर्मचारीले मागेको आरोप लागेको छ ।

दुई पटक गरेर ८० हजार रुपियाँ सेवग्राहीसंग लिइसकेको सम्पर्क कार्यालयका प्रमुख भेषराज रिजालले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई नेपालगञ्ज लगिएको छ । मोठ कायम सम्पन्न भएपछि दिने भनेपनि कर्मचारीले काम सम्पन्न गर्नुभन्दा अघिनै मागेपछि सेवाग्राहीले शुक्रबार पैसा बुझाउन लागेका थिए ।

स्रोतका अनुसार अख्तियारले ४ महिनादेखि मालपोतका कर्मचारीको पिछा गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित