बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

रिद्धिसिद्धि सिमेन्टले ल्यायो ‘शिलान्यास रिद्धिसिद्धिसँग’ योजना

नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभए पैसा फिर्ता गरिने

दैनिक नेपाल २०७७ मंसिर ५ गते १९:०५

काठमाडौं, ५ मंसिर । रिद्धिसिद्धि सिमेन्टले ‘शिलान्यास रिद्धिसिद्धिसँग’ शीर्षकको विशेष योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्ने छन् । निर्माण कार्य गर्नुअघि ग्राहकलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित यो योजना ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्ने छन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने बताइएको छ ।

नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्ने छ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोलफ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)÷९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्ने छन् ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धिसिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्ने छ ।

मंसिर महिनाभर लागू हुने यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको छ । योजना हाललाई काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको कम्पनीले बताएको छ ।

कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित