बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

केकी र मनोज फिचर्ड ‘यो माया के हो’ सार्वजनिक (भिडियो)

दैनिक नेपाल २०७७ मंसिर ५ गते १८:५३

काठमाडौं । मलेशियामा बसेर विभिन्न संगीत सृजनामार्फत नेपाली संगीतमा योगदान पुर्याउँदै आएका गीतकार रामकृष्ण महरा र उत्पादक गोविन्द प्रसाद साहको नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेन्टिमेन्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ । गीतमा शब्द रामकृष्ण महराको रहेको छ भने मनकुमार (शिवराज)ले गीतलाई संगीतवद्द गरेका छन् । यस्तै नारायण दंगालको संगीत संयोजन रहेको छ ।

वियोगान्त प्रेम कथामा आधारित म्यूजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दीपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।

गोविन्दप्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित