
काठमाडौं, ५ मंसिर । शान्ति स्थापनार्थ यूएनएसएमआईएल मिशन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट (शासे) दोस्रो डफ्फालाई बदली गर्नका लागि शुक्रबार सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट तेस्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिकहरु, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।
सोही क्रममा लिवियाबाट सेनानी राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु मिति भोलि शनिबार बिहान नेपाल आईपुग्ने छन् । २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनका लागि कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरुको बदली भएको थियो ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।















प्रतिक्रिया