शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बीओके क्यापिटलको पाँचौं वार्षिक साधारणसभा : ४.५ प्रतिशत लाभांश पारित

दैनिक नेपाल २०७७ मंसिर ५ गते १७:५०

काठमाडौं, ५ मंसिर । बीओके क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नाका साथै आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी रू. २१ करोडको ४ दशमलव ५ प्रतिशतका दरले हुने रकम रू. ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित