२ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा थपिए ११०७ जना कोरोना संक्रमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ९४५ जना संक्रमित थपिएका छन् ।

त्यसमध्ये १ हजार १०७ जना कोरोना संक्रमित काठमाडौं उपत्यकाभित्र थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा संक्रमित पुष्टि हुनेमा ४८४ महिला र ६२३ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जना नयाँ संक्रमित थपिएका हुन् ।