
काठमाडौं, ५ मंसिर । नेपालमा एकै दिन शुक्रबार २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ९४५ जना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ जना पुगेको छ ।
यस्तै २४ घण्टामा थप ५ हजार ३६४ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।
हालसम्म १६ लाख ४३ हजार ८९९ वटा नमूना परीक्षण गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।















प्रतिक्रिया