२ कार्तिक २०८३, सोमबार

दुई वटा विमानस्थलको क्षमता विस्तारका लागि एडीबीद्वारा १७ अर्ब ८६ करोड ऋण स्वीकृत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपालको दुई वटा विमानस्थलको क्षमता विस्तारका लागि एशियाली विकास बैंक (एडीबी)ले १७ अर्ब ८६ करोड ऋण स्वीकृत गरेको छ ।

भैरहवा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो । एडीबीले नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जानकारी गराएको छ ।

बैंकको बोर्ड बैठकले नेपालका लागि यो ऋण स्वीकृत गरेको हो । यो ऋणबाट भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काममा पनि परिचालन हुने छ । भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणका लागि एडीबीले ऋण स्वीकृत गरेको जानकारी गराएको छ ।

भैरहवामा पहिलो चरणको भौतिक निर्माणका लागि पनि एडिबीले नै ऋण उपलब्ध गराएको थियो । सोही ऋणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानन्तर ट्याक्सी वेको निर्माण, एप्रोन तथा पार्किङ जस्ता पूर्वाधार निर्माण हुने छन् ।