२ कार्तिक २०८३, सोमबार

अटो वर्कशपमा तास खेलिरहेका ९ जना परे प्रहरीको फन्दामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ५ मंसिर । ललितपुरको एक अटो वर्कशपमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित उत्तमबहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राजकुमार महत लगायत ९ जनालाई नगद १ लाख १३ हजार ३५५ रुपैयाँ र ४ बुक ताससहित बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ ।

उक्त स्थानमा तास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।