२ कार्तिक २०८३, सोमबार

सालकको खपेटासहित ४१ वर्षीय पहलमान पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ५ मंसिर । त्रियुगा नगरपालिका–११ पिपल चोकबाट ३८० ग्राम तौलको सालकको खपेटा (आखेटो पहार) सहित एक जना पक्राउ परेका छन् ।

त्रियुगा–१४ टोड्के का ४१ वर्षीय पहलमान कटुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स. १ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको प्रहरीले बताएको छ ।