२ कार्तिक २०८३, सोमबार

प्रधानसेनापतिद्वारा उपरथीद्वय ढकाल र खड्कालाई दर्ज्यानी चिह्न प्रदान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा बढुवा भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहदेव खड्कालाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

रथीद्वय ढकाल र खड्कालाई मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यसैबीच उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई पूर्वी पृतना हेडक्वाटरको पृतनापति तथा उपरथी सहदेव खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।