
कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन् ।
५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेको प्रहरील बताएको छ । घरदेखि करिब १ किलोमिटर टाढाको दूरीमा उनी शुक्रबार प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
उनी आजै बिहान ७ बजेतिर घरबाट निस्केका थिए । उनले घरबाट निस्केको एक घण्टामा छोरालाई मन्दिर नजिकै छु भनेका थिए ।
उनी अबेरसम्म घर नफर्केपछि परिवारले खोज्न जाँदा झुण्डिएको अवस्था फेला परेको बताइएको छ ।















प्रतिक्रिया