शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चन्द्रागिरी हिल्सले पायो आइपीओ निष्काशन गर्ने अनुमति

दैनिक नेपाल २०७७ मंसिर ५ गते १०:३८

काठमाडौं, ५ मंसिर । नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

अन्तिम अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४० लाख रुपैयाँको आइपीओ सर्वसाधारणलाई विक्री गर्न पाउने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

१८ लाख ४० हजार कित्तामध्ये ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित क्षेत्रका लागि विक्री गर्ने छ । यो जम्मा शेयर पूँजीको २ प्रतिशत हो । प्रभावितलाई विक्री गरेर बाँकी रहेको १३ लाख ३४ हजार ९१ कित्ता आम सर्वसाधारणका लागि विक्री गर्ने कम्पनीले जनाएको छ ।

यो शेयर जम्मा शेयर पूँजीको १० प्रतिशत हुने छ । कम्पनीले अहिले जम्मा पूँजीको १२ प्रतिशत प्राथमिक शेयर जारी गरेर विक्री गर्ने छ ।

संस्थापक शेयर पूँजीतर्फ ८८ प्रतिशत रहेको छ । प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले नवौं वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

चन्द्रागिरी हिल्स थानकोटबाट ७ किलोमिटर माथि रहेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न यो आयोजना निर्माण गरिएको हो ।

कम्पनीको प्रमुख शेयरधनीहरुमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ छन् ।

प्रतिक्रिया
सम्बन्धित