२ कार्तिक २०८३, सोमबार

हङकङमा पश्चिमा देशहरूको चासो बढेपछि चीनको विरोध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ, ५ मंसिर । हङकङको आन्तरिक मामिलालाई लिएर पश्चिमा देशहरूको चासो बढ्दै गएको छ ।

पश्चिमा देशहरूको चासो बढेसँगै चीनले विरोध जनाएको छ । चीनले हङकङको आन्तरिक मामिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाले अनावश्यक चासो देखाएको भन्दै विरोध जनाएको हो ।

पश्चिमा देशहरूले गठबन्धन बनाएर हङकङको आन्तरिक मामिलामा चासो देखाएको भन्दै चीनले असन्तुष्टि व्यक्त गरेको बीबीसीले जनाएको छ ।

चीनले हङकङमा निर्वाचित व्यवस्थालाई अयोग्य ठहर गर्दै नयाँ नियम लगाएको ती राष्ट्रहरूको आरोप छ ।

चीनमाथि आफ्ना प्रतिनिधि चयन गर्ने हङकङका नागरिकको स्वतन्त्र अधिकारको हनन् गरेको आरोप उनीहरूले लगाएका छन् ।