६ मंसिर २०८३, आइतबार

कञ्चनपुरका युवक भारतीय जंगलमा मृत भेटिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक नेपाली युवा भारतीय जंगलमा मृत फेला परेका छन् ।

बुधबार घरदेखि हिँडेका पुनर्वास नगरपालिका– ५ उदरीका स्थानीय युवा शिवलाल राना मृत फेला परेका हुन् ।

उनको छातीमा गहिरो चोट लागेको र उनीमाथि गोली प्रहार भएको स्थानीयले दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बिहीबार राना भारतीय जंगलमा मृत फेला परेको बताए ।