
काठमाडौं, ४ मंसिर । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् ।
उनी अर्को साता नै नेपाल आउने तयारी भएको बुझिएको छ । सत्तारुढ नेकपामा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ याङ्छीले देखाएको सक्रियता र विदेशमन्त्री यी नेपाल आउने भएपछि यसलाई विशेष चासोका रुपमा हेरिएको छ ।
अर्कोतर्फ भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला पनि नेपाल आउँदैछन् । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउन लागेका हुन् ।
श्रृंगला नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने बताइएको छ ।
अहिले भारत र चीनबीच सीमा विवाद चलिरहेको छ । यस्तो समयमा वाङ यी नेपाल आउनुलाई विशेष चासोका साथ हेरिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतअनुसार चिनियाँ विदेशमन्त्री नेपाल आउनेबारे सूचना केही दिनमा नै सार्वजनिक गरिँदैछ ।















प्रतिक्रिया