मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

लक्ष्मी बैंकले काठमाडौं उपत्यकामा थप्यो ३ वटा नयाँ शाखा

दैनिक नेपाल २०७७ मंसिर ४ गते २२:३९

काठमाडौं, ४ मंसिर । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३ वटा नयाँ शाखा विस्तार गरेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–८ पाटन, सुन्धारा, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, मुलपानी र टोखा नगरपालिका–३, टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

थप ३ वटा शाखासहित बैंकको शाखा सञ्जाल ४८ जिल्लामा १२४ वटा शाखा, ७ वटा एक्स्टेन्सन काउन्टर, ५ वटा हस्पिटल सेवा काउन्टर, १५५ वटा एटीएम बुथ, २ हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ वटा शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित