आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ग्लोबल आईएमई बैंकको नयाँ शाखा तनहुँको दुलेगौंडामा

दैनिक नेपाल २०७७ मंसिर ४ गते २२:३०

काठमाडौं, ४ मंसिर । ग्लोबल आईएमई बैंकले बिहीबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

ग्लोबल आईएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ वटा शाखा सञ्जाल सहित २३८ वटा एटीएम, ४५ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३१ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित