आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कतार एयरवेजले ल्यायो विद्यार्थीहरूका लागि विशेष कार्यक्रम

दैनिक नेपाल २०७७ मंसिर ४ गते २१:४०

दोहा, ४ मंसिर । कतार एयरवेजले विश्वव्यापी विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रम सुरू गरेको छ ।

एयरलाइनको कतार एयरवेज प्रिभिलिज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रम अन्तर्गत विद्यार्थीहरूका लागि उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउन विभिन्न सुविधाहरु तयार गरिएको छ ।

स्टुडेन्ट क्लबका सदस्यहरूले बचत गर्नाका साथै उडानहरूमा सुलभ भाडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छूट, जहाजमा सुपर वाई–फाई लगायत अन्य सुविधाहरुको लाभ उठाउन सक्ने छन् ।

साथै विद्यार्थीहरु स्वतः कतार एयरवेज प्रिभिलिज क्लबमा पनि भर्ना हुन सक्ने छन् । थप सेवा सुविधासहित र स्नातक उत्तीर्ण गरेबापत उपहारस्वपरुप एक स्तर अपग्रेडका साथै स्टुडेन्ट क्लबमा १ जना साथीलाई रेफर गरेमा ५ हजार क्यूमाइल्स प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित