आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा विवेक दुगड सर्वसम्मत

५ दशमलव २५ प्रतिशत बोनस शेयर पारित

दैनिक नेपाल २०७७ मंसिर ४ गते २१:२६

काठमाडौं, ४ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधाणसभाबाट आगामी ४ वर्षे कार्यकालका लागि विवेक दुगड़ सर्वसम्मत चयन भएका छन् ।

संस्थापक शेयरधनीहरुको तर्फबाट दुगड़सहित सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनयकुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड निर्विरोध सञ्चालक निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समितिको बिहीबार नै बसेको १६२औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

यस्तै बिहीबार सम्पन्न साधारणसभाले आथिक वर्ष ०७४/७५ को मुनाफाबाट जारी पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५ दशमलव २५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित