२ कार्तिक २०८३, सोमबार

वोमी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ ।

आज बिहीबार एक कार्यक्रमबीच वोमी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब शेयर रजिष्ट्रारसम्बन्धी धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पूर्जा वितरणलगायत कार्य कुमारी क्यापिटलले गर्ने छ ।

कुमारी क्यापिटलले यससम्बन्धी काम शुरु गर्ने मिति स.स्थाले सार्वजनिक सूचनामार्फत जानकारी गराउने बताएको छ ।